सपनाको संसार ज्यादै नै रोचक हुन्छ | पहिला पहिला यो सपना पुराण, इतिहास र ज्योतिषमा मात्र सिमित हुन्थ्यो तर आजभोली मनोविज्ञान, चिकित्साबिज्ञान आदिको अनुसन्धानको बिषय बनिसकेको छ | यस्तै, कोहि सपना र यसबाट अनुमान लगाउन सकिने फलको बारेमा यहाँ जानकारी दिईएको छ |
कुन सपना देख्दा कस्तो फल मिल्छ ??
- आँखामा गाजल लगाउनु - शारीरिक कष्ट
- आफ्नै हात काटेको देख्नु - कुनै नजिकको प्रियजन वा आफन्तको मृत्यु
- उजाड बगैचा देख्नु - दु:ख पाउनु
- मोटो भैसी देख्नु - अन्न सस्तोमा पाउनु
- दुब्लो भैसी देख्नु - अन्न महँगो हुनु
- बाख्रा देख्नु - शत्रुको डर
- राजनेताको मृत्यु भएको देख्नु - देशमा समस्या आउनु
- पहाड हल्लिएको देख्नु - बिरामी हुने सम्भावना
- पुरी खाएको देख्नु - खुशीको समाचार आउनु
- तामा देख्नु - गोप्य कुरा पत्ता लाग्नु
- बेडमा सुतेको देख्नु - गौरब तथा प्रतिष्ठा पाउनु
- थुक देख्नु - समस्यामा पर्नु
- हरुयालीपूर्ण जंगल देख्नु - खुशियाली आउनु
- आफुलाई उडेको देख्नु - कुनै समस्याबाट छुटकारा पाउनु
- ठुल्ठुला पहाडहरुबाट हामफाल्नु - आफ्नो उचाई बढ्नु
- सानो जुत्ता लगाएको देख्नु - कुनै महिलासंग झगडा हुनु
- स्त्रीसँग मैथुन गर्नु - धन प्राप्त हुनु
- झगडा गर्नु - प्रसन्नता प्राप्त हुनु
- दन्दनी बलेको आगो देख्नु - झगडा हुनु
- लडाइमा मरेको देख्नु - राजनीतिमा सफल हुनु
- चन्द्रमा झरेको देख्नु - कुनै समस्यामा पर्नु
- चन्द्रग्रहण देख्नु - कुनै रोग लाग्नु
- आफ्नै दात भाँचिएको देख्नु - समस्या बढ्दै जानु
- धोका खुल्ला देख्नु - कुनै व्यक्तिसंग मित्रता हुनु
- बन्द ढोका देख्नु - धन नाश हुनु
- धुँवा देख्नु - व्यापारमा हानि हुनु
- भूकम्प आएको देख्नु - सन्तानलाई दु:ख कष्ट हुनु
- चश्मा लगाएको देख्नु - ज्ञान बढ्नु
- बत्ति बालेको देख्नु - नया अवसर प्राप्त हुनु
- मासु देख्नु - आकस्मिक धन लाभ हुनु
- रगत देख्नु - कसैले डाहा गरेको साबित हुनु
- पुजापाठ गरेको देख्नु - समस्याको अन्त्य हुनु
- फलको झुप्पा देख्नु - छिटो धन प्राप्त हुने योग
- सेतो परेवा देख्नु - शत्रुसँग मित्रता हुनु
- बिरालो एक आपसमा झगडा गरेको देख्नु - मित्रसँग झगडा हुनु
- सेतो बिरालो देख्नु - धन नाश हुनु
- समाधिस्थल देख्नु - सौभाग्य प्राप्तिको योग
- गोबर देख्नु - पशु व्यापारमा लाभ हुनु
- उजाड जंगल देख्नु - समस्या बढ्नु
- मरेको मानिस देख्नु - रोगबाट मुक्त हुनु
- गरगहना देख्नु - कार्यपूर्ण हुनु
- जुवा खेलेको देख्नु - व्यापारमा लाभ हुनु
- पैसा अरुसंग लिएको देख्नु - ग्रह दशा चल्नु
- पैसा उधारोमा दिनु - अत्याधिक धन प्राप्त हुनु
- चील देख्नु - शत्रुबाट नोक्सान हुनु
- चाँदी देख्नु - धन प्राप्त हुनु
- कैची देख्नु - घरमा झैँ झगडा हुनु
- खेतमा पाकेको गहुँ देख्नु - धन लाभ हुनु
- काग देख्नु - कसैको मृत्युको समाचार आउनु
- कुकुर देख्नु - पुरानो साथीसंग भेट हुनु
- नदीको पानी पिएको देख्नु - सरकारी लाभ हुनु
- सेतो फूल देख्नु - कुनै समस्याबाट छुटकारा मिल्नु
- रातो फूल देख्नु - भाग्य चम्कनु
- घोडा देख्नु - संकट हट्नु
- मोती देख्नु - छोरी पाउने योग
- गाडेको धन देख्नु - अचानक धन लाभ हुनु
- झरना देख्नु - दु:खको अन्त्य हुनु
- छेक लेखेर दिएको देख्नु - विरासतमा धन मिल्नु
- कुवामा पानी देख्नु - धनलाभ हुनु
- सुन्दर स्त्री देख्नु - प्रेममा सफलता मिल्नु
- खुकुरी देख्नु - संकटबाट मुक्ति मिल्नु
- चन्दन देख्नु - शुभ समाचार आउनु
- नक्शा देख्नु - कुनै योजनामा सफलता मिल्नु
- नुन देख्नु - स्वास्थ्यमा लाभ हुनु
- सुकेको घास देख्नु - जीवनमा समस्या आउनु
- रुद्राक्ष देख्नु - शुभ समाचार आउनु
- स्वर्ग देख्नु - भौतिक सुखमा बृद्दी हुनु
- सुर्य देख्नु - बिशेष व्यक्तिसंग भेट हुने योग
- तिर्खा लाग्नु - लोभ बढ्नु
हुन त सपनाको कुरामा बिस्वास गरेर फल मिल्छ भन्नु सोह्रै आना गल्ति हुनेछ | कर्म गर्नुहोस अनि दाम, नाम पाउनुहोस् | यो एउटा सम्भावानात्मक कुरा मात्र हो | तपाइको सपना शयमा एक मिल्न सक्छ त्यसैको भर नपर्नुहोस |




